लेख विवरण

प्रथम विश्वविद्यालय खेलकुद : एथलेटिक्समा टीयूलाई ५ स्वर्ण

प्रथम विश्वविद्यालय खेलकुद : एथलेटिक्समा टीयूलाई ५ स्वर्ण

काठमाडौं । त्रिभूवन विश्वविद्यालय (टीयू) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन एथलेटिक्समा ५ स्वर्ण जितेको छ । पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाँकी १ स्वर्ण सुदूरपश्चिम विश्वविद्यालयले हात पा¥यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष १ हजार ५ सय मिटर दौडमा टीयूका शेरबहादुर अधिकारी पहिलो भए । उनले निर्धारित दूरी ४ मिनेट ३०.१ सेकेन्डमा पूरा गरे । टीयूकै विकेश घिमिरे दोश्रो तथा सुदूरपश्चिमका खेमराज जोशी तेश्रो भए । सोही स्पर्धाको महिलामा टीयूकी राज्यलक्ष्मी रावलले निर्धारित दूरी ५ मिनेट २५.५ सेकेन्डमा तय गर्दै पहिलो भइन् । काठमाडौं विश्वविद्यालका आल्षा रेग्मी दोश्रो तथा लुनिया त्वायना तेश्रो बने ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष ४ सय मिटर दौडमा सुदूरपश्चिमका मुकेश विष्ट पहिलो भए । उनले निर्धारित दूरी तय गर्न ५६.३५ सेकेन्ड समय खर्चे । टीयूका दिवस रेग्मीले रजत तथा गण्डकी विश्वविद्यालयका सुजल केसीले कांस्य जिते । उक्त स्पर्धाको महिलामा टीयूकी अनामिका देवकोटा १ मिनेट १५.३५ सेकेन्ड समय निकाल्दै शीर्ष स्थानमा रहिन् । सुदूरपश्चिमकी भावना पाण्डे दोश्रो तथा गण्डकीकी कृति गिरी तेश्रो स्थानमा रहे ।

पुरुष लङजम्पमा टीयूका दिवस रेग्मी पहिलो भए । उनले ६.२७ मिटर जम्प गरे । सुदूरपश्चिमाञ्चलका मुकेश विष्ट दोश्रो तथा लुम्बिनी विश्वविद्यालयका अभिषेक गुप्ता तेश्रो भए । त्यसै स्पर्धाको महिलामा टीयूकी संचिता घिमिरेले स्वर्ण चुमिन् । संचिताले ४.२४ मिटर जम्प गरिन् । लुम्बिनीकी रमिता रावत दोश्रो तथा सुदूरपश्चिमकी भावना पाण्डे तेश्रो भए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.