लेख विवरण

एनप्याब्सन खेलकुद सप्ताह : ग्रिनविच सेमिफाइनलमा

एनप्याब्सन खेलकुद सप्ताह : ग्रिनविच सेमिफाइनलमा

काठमाडौंँ । ग्रिनविच एकेडेमी एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत ब्वाइज फुटसलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

कपनस्थित दीक्षालय नेपाल फाउन्डेसनमा भएको खेलमा ग्रिनविचले काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटलाई १–० गोलले पराजित ग¥यो । प्रशान्ति, बोधीसदन र दिब्यज्ञानले क्वाटरफाइनलमा स्थान पक्का गरे । विभूति र मान्डु प्रिक्वाटरफाइनलमा पुगे ।

एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा भइरहेको खेलकुद सप्ताहको फुटसलमा ४८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । फुटसलको फाइनल मंगलबार सकिनेछ ।

विभिन्न ५ खेल समावेश खेलकुद सप्ताहअन्तर्गत ३ खेलको प्रतिस्पर्धा सम्पन्न भइसकेको छ । टेबलटेनिस, एथलेटिक्स र टग अफ वार सम्पन्न भइसकेको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.