लेख विवरण

अक्षरा अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा

अक्षरा अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौंँ । आयोजक अक्षरा स्कुल प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको मिक्स जुनियरमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

अक्षराले गेटवे एकेडेमीलाई १४–११ ले पराजित ग¥यो । अक्षराका विश्वराज तामाङले १० अंक जोडे । सोही स्पर्धामा आलोक विद्याश्रम, भ्याली पब्लिक र विद्या विकास पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भए ।

आलोकले ज्ञान संस्कारलाई २५–७, भ्याली पब्लिकले प्रारम्भलाई ३६–६ र विद्या विकासले शिक्षालयलाई १३–११ ले पाखा लगाए । आलोकका सार्थक सिग्देलले ११, भ्याली पब्लिककी सोनीमाया तामाङले १२ र विद्या विकासका कुशल बस्नेतले ८ स्कोर गरे । सेमिफाइनलमा अक्षराको भेट भ्याली पब्लिकसंग हुनेछ भने आलोकले विद्या विकासको सामना गर्ने छ ।

सिनियर ब्वाइज र गर्ल्समा पनि सेमिफाइनल समीकरण तयार भइसकेको छ । सिनियर ब्वाइजको सेमिफाइनलमा गेटवेले भ्याली पब्लिक तथा अक्षरिकाले शिक्षालय नेपालको सामना गर्ने छन् । सिनियर गर्ल्सको सेमिफाइनल भ्याली पब्लिक र बौद्ध इन्टरनेसनल स्कुल तथा शिक्षालय नेपाल र नेमोनिक मोर्डन स्कुलबीच हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.