अन्तरविद्यालय बास्केटबल : हिमरश्मि र गोल्डेनपिकको जित
काठमाडौंँ । हिमरश्मि र गोल्डेनपिकले १६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।
भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा भएको प्रतिस्पर्धामा हिमरश्मिले भद्रकालीलाई २०–१५ तथा गोल्डेनपिकले एन्जल्स हार्टलाई ३४–२७ ले पराजित गरे ।
जुनियर ब्वाइजमै सेबले ग्रिनल्यान्डलाई १७–१४, भ्याली पब्लिकले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई २१–१६ र नेसनल युनाइटेडले प्रारम्भलाई १८–१३ ले हराए ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ५७–४९, एलआरआईले साइपाल एकेडेमीलाई ३८–२४, लिटिल एन्जल्स (एलए) ले हिमालयलाई ३०–२४ र गोल्डेनपिकले बेम्सलाई ४६–३९ ले पाखा लगाए ।
सिनियर गल्र्समा बेम्सले एलएलाई १९–१५, एचएचसीएले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २६–२०, रिलायन्सले प्रारम्भलाई २९–२० र साइपालले डिएभीलाई १६–१३ ले पन्छाए ।

टिप्पणी लेख्नुहोस्