बी डिभिजन क्रिकेट : विसिए र ग्रामथान फाइनलमा
विराटनगर । मोरङ जिल्ला स्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिता अन्तर्गत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा विराटनगर क्रिकेट क्लब (विसिसि) र ग्रामथान क्रिकेट क्लव विजयी हुँदै फाइनल प्रवेश गरेका छन् । फाइनल प्रवेश गरेसँगै दुवै टिम ए डिभिजनमा बढुवा भएका छन् ।
आज भएको पहिलो सेमिफाइलन खेलमा विसिसिले मिल्स क्रिकेट क्लवलाई ८ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित १३ ओभरमा ३ विकेट गुमाएर ९१ रन बनाएको थियो । टोलीका लागि पृथ्वी सुब्बाले २९ र विशाल ढकालले २४ रन बनाए । विसिसिका अविशेक मण्डलले १ विकेट लिए ।
९२ रनको विजयी लक्ष पछ्याएको विसिसिले ११ दशमलव ३ बलमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । विसिसिका म्यान अफ म्याच राहुल चौधरीले अविजित ५२, धिरज कामतले १७ र कृतिक कामतले नटआउट १२ रनको योगदान दिए । मिल्सका विशाल ढकालले १ विकेट विकेट लिए ।
दोस्रो खेलमा ग्रामथान क्रिकेट क्लवले वेलबारी क्रिकेट क्लवलाई २ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको वेलबारीले निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाई १ सय १२ रन बनायो । टोलीका लागि प्रिवित भगतले २० रन बनाउँदा दिपेश सुवेदीले १७ रन बनाए । ग्रामथानका आशिष गुप्ताले ३ र अनिष सापकोटाले २ विकेट लिए ।
१ सय १३ रनको विजयी लक्ष्य पछ्याएको ग्रामथानले १९ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पार गरेको थियो । टोलिका लागि म्यान अफ द म्याच सुमन श्रेष्ठ ३३ रन बनाउँदा अन्जर अलीले १५रनको योगदान दिए । वेलबारीका निमेश चापागाईले ४ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्