लेख विवरण

भारोत्तोलन टोली उज्वेकिस्तान जाने

भारोत्तोलन टोली उज्वेकिस्तान जाने

काठमाडौंँ । एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली बुधबार उज्वेकिस्तानको तास्केन्त प्रस्थान गर्ने भएको छ ।

फेब्रुअरी ३ तारिखदेखि सुरु भइसकेको प्रतियोगितामा सागर भण्डारीले पुरुष १०९ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । उनको खेल भने फेब्रुअरी १० तारिखमा हुनेछ ।

प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा नेपाल भारोत्तोलन संघका सदस्य रामसुन्दर श्रेष्ठ रहेका छन् । टोलीलाई पूर्व मन्त्री एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार सातदोबाटोस्थित एनओसी मुख्यालयमा एक कार्यक्रमबीच बिदाइ गरे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.