लेख विवरण

किक बक्सिङ टोली भारत प्रस्थान

किक बक्सिङ टोली भारत प्रस्थान

काठमाडौंँ । तेश्रो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।

फेब्रुअरी ६ देखि ११ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६० केजीमा पुकार श्रेष्ठ, जुनियर ५७ केजीमा सुमितशरण तामाङ, सिनियर ५७ केजीमा रोशन अछामी र ८६ केजीमा साजन थिङ तामाङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

प्रशिक्षकमा दिवान्स श्रेष्ठ, व्यवस्थापकमा सिमोन उप्रेती र निर्णायकमा विन्दा नेपाली रहेका छन् । टोलीलाई नेपाल किक बक्सिङ संघका पदाधिकारीले सोमबारै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.