भ्याली पब्लिक बास्केटबलको क्वाटरफाइनल समीकरण पूरा
काठमाडौंँ । भ्याली पब्लिक स्कुलको आयोजनामा जारी १६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल मंगलबार पूरा भएको छ । लिगको अन्तिम दिन सिनियर ब्वाइज र गर्ल्स तथा जुनियर ब्वाइजको क्वाटरफाइनल समीकरण तयार भएको हो ।
सिनियर ब्वाइजको क्वाटरफाइनल ग्रिनल्यान्ड र टीआईए, एलआरआई र भ्याली पब्लिक, एचएचसीए र बेम्स तथा गोल्डेनपिक र एलएबीच हुनेछ । सिनियर गर्ल्सको क्वाटरफाइनलमा बीएनएले भ्याली पब्लिक ‘बी’, भ्याली पब्लिक ‘ए’ ले डाफोडिल, ग्रिनल्यान्डले सत्यसाइ र एनसीसीएसले केभीएसको सामना गर्ने छन् ।
जुनियर ब्वाइजमा हिमरश्मि र भ्याली पब्लिक, एलएनए र गोल्डेनपिक, क्यान्भास र स्किब्स तथा किङडम र डाफोडिलबीच क्वाटरफाइनल हुनेछ ।

टिप्पणी लेख्नुहोस्