लेख विवरण

वर्ल्ड रयाङकिङ टेनिस : सक्षम र आरभको जोडी विजयी

वर्ल्ड रयाङकिङ टेनिस : सक्षम र आरभको जोडी विजयी

काठमाडौंँ । नेपालका सक्षमविक्रम शाह र अमेरिकाका आरभसम्राट हाडाको जोडीले जे ६० काठमाडौं जुनियर वर्ल्ड रयाङकिङ टेनिस प्रतियोगिताको सर्किट– २ अन्तर्गत ब्वाइज डबल्समा मंगलबार जित हात पारेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा सक्षम र आरभको जोडीले भारतका श्रृनिकेथ कानान् र अमेरिकाका कार्लोसलाई ७–५, ३–६ र १०–५ को सेटमा पराजित गरे ।

पुरुष सिंगल्समा मंगोलियाका उन्द्राखले नेपालका निहालजंगबहादुर थापालाई ६–३ र ६–३ ले हराए । पुरुष डबल्समा पनि निहाल र थाइल्यान्डका पार चन्द्राघोलिकाको जोडी चुके । महिला डबल्समा नेपालकी सुनिरा थापा र भारतकी सगुन कुमारी, नेपालकी आइशा डोल्कर गुरुङ र भारतकी पार्थ सारथी अरुण मुन्धे तथा नेपालका स्वस्तिा विष्ट र प्राज्ना मानन्धरको जोडी आ–आफ्नो प्रतिद्वन्द्वीसंग पराजित भए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.