लेख विवरण

सुपर ओभरमा विजयी हुँदै विसिसि बी डिभिजन क्रिकेट च्याम्पियन

सुपर ओभरमा विजयी हुँदै विसिसि बी डिभिजन क्रिकेट च्याम्पियन

विराटनगर । मोरङ जिल्ला स्तरिय बी डिभिजन क्रिकेट प्रतियोगिता अन्तर्गत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा विजयी हुँदै विराटनगर क्रिकेट क्लब (विसिसि) च्याम्पियन बनेको छ ।

विसिसिले बुधबार (आज) भएको फाइनल खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लवलाई सुपर ओभरमा पराजित गर्दै बी डिभिजन क्रिकेट च्याम्पियन बनेको हो ।

खेलको निर्धारित ओभरमा दुवै टिमले बराबरी स्कोर गरेपछि खेल सुपर ओभरमा गएको थियो ।

यसअघि टस जितेर ब्याटिङ गरेको विसिसिले निर्धारित ३० ओभरमा सवै विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । विसिसिका अनिल यादवले ४१ रन बनाउँदा धिरज कामत २३, अमन गुप्ता १२ र कृतिक कामतले ११ रनको योगदान दिए । ग्रामथानका आर्यन बास्कोटाले ३ विकेट लिँदा निर्वेश लुइटेलले २ विकेट लिए ।

१ सय ४० रनको विजयी लक्ष पछ्याएको ग्रामथानले निर्धारित ओभरमा सवै विकेट गुमाई १ सय ३९ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो । ग्रामथानका अनिल विश्वकर्माले २८ रन बनाउँदा आर्यन बास्कोटा नटआउट २०, निर्वेश लुइटेल १७ र विकाश कार्कीले १५ रनको योगदान दिए । विसिसिका म्यान अफ फाइनल रितेश झाले ४ विकेट लिँदा आर्यन शाहीले २ तथा कृतिक कामत, आशिष राजवंशी र अविशेक मण्डलले समान १–१ विकेट विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर विसिसिका राहुल चौधरी ,उत्कुष्ट बलर विसिसिका अविशेक मण्डल र म्यान अफ द सिरिज पनि विसिसिका कृतिक कामत घोषित भए ।

माघ १७ गतेदेखि शुरु भएको प्रतियोगिता मोरङका १६ वटा बी डिभिजन क्लबहरु सहभागि रहेको जिल्ला अध्यक्ष महमद साद बाबुले बताए । विजयी खेलाडीलाई प्रमुख अतिथि पूर्व राष्ट्रिय खेलाडि नन्दकिशोर राठी, मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबुलगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.