लेख विवरण

अन्तर मेयर कप यु–१८ बास्केटबल फागुन ६ देखि

अन्तर मेयर कप यु–१८ बास्केटबल फागुन ६ देखि

काठमाडौंँ । कीर्तिपुर नगरपालिकाको आयोजनामा दोश्रो राष्ट्रव्यापी अन्तर स्थानिय तह यु–१८ मेयर कप बास्केटबल प्रतियोगिता फागुन ६ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा १६ पुरुष टिम सहभागी हुने प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनले जनाएका छन् । नगरपालिका र गाउँपालिकाका टिमले भाग लिने छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोग तथा कीर्तिपुर नगर खेलकुद र कीर्तिपुर बास्केटबल संघको सहकार्यमा हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा हुनेछ । गत वर्षको उपाधि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले जितेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.