भ्याली पब्लिकको तीन टोली फाइनलमा
काठमाडौंँ । आयोजक भ्याली पब्लिकको ३ टोली १६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छ । चार टोली सेमिफाइनल पुगेकोमा १ टोली भने प्रतियोगिताबाट बाहिरियो । गर्ल्सको ‘बी’ टोली अगाडि बढ्न सकेन ।
सिनियर ब्वाइजमा भ्याली पब्लिकले एचएचसीएलाई ५०–३४ ले पराजित ग¥यो । भ्याली पब्लिकका अनमोल गुरुङले २४ अंक जोडे । फाइनलमा भ्याली पब्लिकको भेट ग्रिनल्यान्डसंग हुनेछ । अर्को सेमिफाइनलमा प्रवीण गुरुङको २६ अंक सहयोगमा ग्रिनल्यान्डले गोल्डेनपिकलाई ५९–४९ ले हरायो ।
सिनियर गर्ल्समा भ्याली पब्लिक ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई २८–२३ तथा श्री सत्यसाइले एनसीसीएसलाई २५–२३ ले पाखा लगाउदै फाइनलमा पुगे । भ्याली पब्लिक ‘ए’ की लोरिशा गौचन तथा सत्यसाइकी दिभाले समान १२–१२ स्कोर गरे ।
जुनियर ब्वाइजमा भ्याली पब्लिकले स्किब्सलाई ५८–४३ तथा गोल्डेनपिकले किङडमलाई ४६–३० ले पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे । भ्याली पब्लिकका विशाल परियारले २० तथा गोल्डेनपिकका अमन गुरुङले १६ अंक जोडे । फाइनल शुक्रबार हुनेछ ।

टिप्पणी लेख्नुहोस्