लेख विवरण

वर्ल्ड ¥याङकिङ टेनिस : जियनफेङ र जुन फाइलनमा

वर्ल्ड ¥याङकिङ टेनिस : जियनफेङ र जुन फाइलनमा

काठमाडौंँ । चीनका जियनफेङ छेन र जुन जि हेको जोडी जे ६० काठमाडौं जुनियर वल्र्ड ¥याङकिङ टेनिस प्रतियोगिताको सर्किट– २ अन्तर्गत ब्वाइज डबल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनलमा उक्त जोडीले भारतका भ्रज गोहिल र समर्थ सहिताको जोडीलाई ६–३ र ७–५ को सोझो सेटमा पराजित गरे । फाइनल पुग्ने अर्को जोडीको टुंगो लाग्न बाँकी छ । सो स्पर्धाको गर्ल्समा मंगोलियाकी मार्ता चोग्सोम्जाभ र दक्षिण कोरियाकी सुहा लिको जोडीले हङकङकी नाओमी हगी र जापानकी कोकोमी साइतोको जोडीलाई ६–० र ७–६(४) तथा ताइपेईंका तोइमोना अकुयाना र यु चिङको जोडीले चीनकी ये झिन ताङ र ताइपेईंकी यु चिङ वाङको जोडीलाई ६–४, ४–६ र १०–५ को सेटमा हराउदै फाइनलमा पुगे ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा चीनका जुन जि हे, जियुयान ये र यु झिअ तथा भारतका समर्थ सहिता सेमिफाइनलमा पुगे । उक्त स्पर्धाको गल्र्समा दक्षिण कोरियाकी सुहा लि, जापानकी अमाने हातोरी, चीनका जि ये झाङ र जापानकी कोकोमी साइतो सेमिफाइनलमा स्थान बनाउन सफल भए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.