लेख विवरण

सेब अन्तरविद्यालय बास्केटबल सुरु

सेब अन्तरविद्यालय बास्केटबल सुरु

काठमाडौंँ । सेब स्कुलको आयोजनामा प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन २ खेल मात्र भए । सामाखुशीस्थित आयोजककै कोर्टमा ग्रिनफिल्डले स्किब्सलाई २८–१४ ले पराजित ग¥यो । ग्रिनफिल्डका युजल तामाङले १० अंक जोडे । अर्को खेलमा किङडमले आयोजक सेबलाई २९–२१ ले हरायो । किङडमका जिग्मे शेर्पाले १४ अंक जोडे ।

प्रतियोगिताको सेबकी संस्थापक मधुमाया थापाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा १६ टिम सहभागी छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । फाइनल फागुन २ गते हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.