लेख विवरण

मेयर कप तेक्वान्दो प्रतियोगितामा दिप्सनलाई स्वर्ण

मेयर कप तेक्वान्दो प्रतियोगितामा दिप्सनलाई स्वर्ण

काठमाडौंँ । गोदावरीका दिप्सन महर्जनले चौथो बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको पुरुष १२ वर्षमुनि एकल पुम्सेमा शुक्रबार स्वर्ण जितेका छन् ।

जैशीदेवल युथ क्लबको आयोजनामा सातदोबाटोमा भइरहेको प्रतियोगिताको सोही स्पर्धामा ललितपुरका बेलोरराज क्षेत्रीले रजत तथा नागर्जुनका रिवाज डंगोल र बूढानीलकण्ठका श्रवन मगरले कांस्य जिते । उक्त स्पर्धाको महिलामा गोदवारीकी युमी पाख्रिन पहिलो, काठमाडौंकी छिरिङ पाल्मु शेर्पा दोश्रो तथा तार्केश्वरकी आरुषी थिङ र आयोजककी वितिशा तामाङ तेश्रो भए ।

प्रतियोगिताको काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगतामा बागमती प्रदेशका १८ नगरपालिका र आयोजकका दुई टिम गरी कूल २० टिम सहभागी छन् ।

प्रतियोगिताको कूल पुरस्कार राशि करिब दुई लाख रुपियाँ रहेको छ । यस प्रतियागितालाई काठमाडौँ महानगरपालिकाले प्रमुख प्रायोजन गरेको छ । प्रतियोगितामा आठ/आठ तौल समूहमा ब्वाइज र गर्ल्सतर्फ प्रतिस्पर्धा भइरहेको छ । प्रत्येक स्वर्ण पदक विजेतालाई दुई हजार, रजत पदक विजेतालाई एक हजार र काश्य पदक विजेतालाई पाँच सय रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यसैगरी, बेस्ट फाइटर पुरुष र बेस्ट फाइटर महिलालाई जनही १५० अमेरिकी डलर पुरस्कार दिइनेछ । सर्वश्रेष्ठ पुम्से पुरुष खेलाडी, सर्वश्रेष्ठ पुम्से महिला खेलाडी, सर्वश्रेष्ठ निर्णायक र उत्कृष्ट प्रशिक्षकलाई जनही एक सय डलर प्रदान गरिनेछ ।

जैशीदेवल युथ क्लबका अध्यक्ष राजेश प्रजापतिले यस प्रतियोगितामा आयोजक टिमबाट स्वर्ण पदक जित्ने खेलाडीलाई विदेशमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सामेल गराइने जानकारी दिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.