लेख विवरण

एनप्याब्सन खेलकुद सप्ताहको बास्केटबलमा ग्रिनफिल्ड च्याम्पियन

एनप्याब्सन खेलकुद सप्ताहको बास्केटबलमा ग्रिनफिल्ड च्याम्पियन

काठमाडौं । ग्रिनफिल्ड नेसनल स्कुलले एनप्याब्सन खेलकुद सप्ताहको अन्तिम दिन शुक्रबार ब्वाइज बास्केबटबलको उपाधि जितेको छ ।

शंखमूलस्थित नेरिक एकेडेमीमा भएको फाइनलमा ग्रिनफिल्डले बोधीसदनलाई ३१–१६ ले पराजित ग¥यो । ग्रिनफिल्डको जितमा अर्जुन बस्नेतले १८ अंक योगदान गरे । सुजल श्रेष्ठको १२ अंक सहयोगमा साइन मोडेलले काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटलाई २३–१८ ले हराउदै तेश्रो भयो । १४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

एन प्याब्सन काठमाडौं जिल्ला समितिद्वारा विभिन्न ५ खेल समावेश खेलकुद सप्ताहको बास्केटबल अन्तिम प्रतिस्पर्धा पनि हो । यसअघि टेबलटेनिस, एथलेटिक्स, ब्वाइज फुटसल र टग अफ वार सम्पन्न भएका थिए ।

टेबलटेनिसको ब्वाइज सिंगल्समा युनिभर्सलका निरेश गौतम तथा गर्ल्स सिंगल्समा आरुणीकी इच्छा चापागाईंले स्वर्ण जितेका थिए । एथलेटिक्सको १ सय मिटर दौडको ब्वाइजमा महाकवी देवकोटाकी विक्रम विष्ट र गर्ल्समा माउन्ट ग्लोरीकी पूजा विक, २ सय मिटर दौडको ब्वाइजमा वीरसेवाका अर्निक्स विक र गर्ल्समा पिपुल्स एकेडेमीकी अन्जु थापा तथा सटपुटको ब्वाइजमा आरुणीका लक्ष्मण बस्नेत र गर्ल्समा ज्ञानभूमिकी जिसिन्था राई पहिलो भएका थिए ।

टग अफ वारको ब्वाइज/गर्ल्स दुवैमा मिलन धर्मस्थली च्याम्पियन बनेको थियो । ब्वाइज फुटसलमा प्रशान्ती, भीमेश्वर एकेडेमी र ग्रिनविच एकेडेमी क्रमशः शीर्ष तीन स्थानमा रहे ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक तथा अखिल नेपाल टेबलटेनिस संघका संयोजक चतुरानन्दराज वैद्य, एन प्याब्सन काठमाडौं जिल्ला समितिका अध्यक्ष अमृत खड्का, उपाध्यक्ष प्रेमकुमार भुजेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.