लेख विवरण

बिम्स्टेक एक्वाटिक्स च्याम्पियनसिपमा रायनले जिते अन्तर्राष्ट्रिय पदक

बिम्स्टेक एक्वाटिक्स च्याम्पियनसिपमा रायनले जिते अन्तर्राष्ट्रिय पदक

काठमाडौंँ । नेपाली खेलाडी तेन्जीन नामडोल रायन गुरुङ्गले भारतको नयाँ दिल्लीमा जारी बिम्स्टेक एक्वाटिक्स च्याम्पियनसिपमा पदक प्राप्त गर्न सफल भएका छन् । च्याम्पियनसिपको अन्तिम दिन २०० मिटर ब्याकस्ट्रोकमा गुरुङ्गले कास्य पदक जितेका हुन् ।

गुरुङ्गले आफ्नै नाममा २ मिनट २२.१५ सेकेन्डको समयमा सुधार गर्दै २ मिनट २१.१६ सेकेन्ड समयको नयाँ किर्तिमान समेत राख्न सफल भएका छन् । यस बिधाको स्वर्ण र रजत भारतले हात पार्यो ।

तेन्जिनले यस च्याम्पियसिपमा २०० मिटर बटरफ्लाईमा २ मिनट २९.२९ सेकेन्डको अर्को किर्तिमान बनाए । यश अघि शिरीष गुरुङ्गको नाममा २ मिनट २९.८८ सेकेन्ड समयको किर्तिमान रहेको थियो । शिरिषले उक्त किर्तिमान २०१२ मा काठमाण्डौमा भएको दोश्रो एनएसए कपमा राखेका थिए ।

यस्तै तेन्जिनले सेरेन सिङ्ग, इरभिन श्रेस्ठ र सुभिज्ञ मान तुलाधर सङ्ग मिलेर ४ ह १०० मिटर रिलेमा ३ मिनट ४८.५७ सेकेन्ड समयका साथ नयाँ किर्तिमान राखे । यश अघि यो किर्तिमान भारतको गोहाटीमा भएको १२ औं सागमा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरीष गुरुङ्गले ४ मिनट ७.२८ सेकेन्ड समयको रेकर्ड राखेका थिए ।

यसै गरि ४ ह १०० मिटर मिड्ले रिलेमा ४ मिनट १४.१० सेकेन्ड समयको नयाँ किर्तिमान कायम गरे । यश अघि यो किर्तिमान ४ मिनट ३१.३८ सेकेन्ड समयको किर्तिमान एलिश श्रेस्ठ, चित्र बहदुर गुरुङ्ग, पुष्पराज शाही र तिल बाहादुर थापा मगरको नाममा काठमाण्डौमा भएको आठौं साफ गेममा रहेको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.