वर्ल्ड ¥याङकिङ टेनिस : आरभ र सक्षमको जोडी फाइलनमा
काठमाडौंँ । नेपालका सक्षमविक्रम शाह र नेपाली मुलका अमेरिकी आरभसम्राट हाडाको जोडी जे ६० काठमाडौं जुनियर वर्ल्ड ¥याङकिङ टेनिस प्रतियोगिताको सर्किट– २ अन्तर्गत ब्वाइज डबल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा सक्षम र आरभको जोडीले चीनका यु झिअ र झियुयान येको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरे । गर्ल्स डबल्समा भने मंगोलियाकी मार्ता र दक्षिण कोरियाकी सुहा लिको जोडीले ताइपेईंका तोइमोना अकुयाना र चिङको जोडीलाई ७–५ र ६–४ को सोझो सेटमा हराउदै पहिलो भए ।
ब्वाइज सिंगल्समा चीनकाद्वय यु झिअ र झियुयान ये फाइनलमा पुगेका छन् । उक्त स्पर्धाको गर्ल्समा दक्षिण कोरियाकी सुहा लि र चीनकी जि ये झाङले फाइनलमा पुग्न सफल भए ।

टिप्पणी लेख्नुहोस्