एकदिवसीय सिरिज : नेपाललले दोस्रो विकेट गुमायो, अनिल अर्धसतक बनाएर आउट
काठमाडौंँ । नेपाल र क्यानडाबीच जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा २८६ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर अनिल साह ५० रन बनाएर आउट भएका छन । यसअघि ओपनर आसिफ शेख १० रन बनाएर आउट भएका थिए । नेपालले ६ औं ओभरको तेस्रो बलमा अनिललाई गुमाएको हो ।
आउट हुनअघि अनिलले २० बलमा ७ चौंका र ३ छक्काको मद्दतमा अर्धसतक बनाए । एकदिवसीय क्रिकेटमा मात्र १९ बलमा अर्धसतक प्रहार गर्ने साह पहिलो नेपाली क्रिकेटर बनेका छन् । यसअघि यो किर्तिमान आसिफ शेखको नाममा रहेको थियो । शेखले पिएनजीविरुद्ध गत वर्ष २१ बलमा अर्धशतक बनाएका थिए ।
जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउदै २८५ रन बनाएको थियो ।
क्यानडाका लागि आरोन जोनसनले सर्बाधिक ६५ रन बनाए भने नवनीत धालिवालले ४६ रन बनाएका थिए । त्यसैगरी परगत सिंहले ३८, श्रेयस मोभ्भाले ४०, निकोलस किर्तन र उदय भागवानले २०-२० तथा दिलप्रित बाजवाले १९ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर कुशल मल्ल र कप्तान रोहित पौडेलले २-२ विकेट लिएका थिए भने सोमपाल कामी, आकाश चन्द, सुर्य तामाङ र पवन सराफले एक एक विकेट लिएका थिए ।

टिप्पणी लेख्नुहोस्