एकदिवसीय सिरिज : २८६ रनको लक्ष्य पछ्याएको नेपाललले पहिलो विकेट गुमायो
काठमाडौंँ । नेपाल र क्यानडाबीच जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा २८६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका लागि ओपनर आसिफ शेख १० रन बनाएर आउट भएका छन् । यो सँगै नेपालले ४.५ ओभरमा ५५ रन बनाएर पहिलो विकेट गुमाएको छ ।
जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउदै २८५ रन बनाएको थियो ।
क्यानडाका लागि आरोन जोनसनले सर्बाधिक ६५ रन बनाए भने नवनीत धालिवालले ४६ रन बनाएका थिए । त्यसैगरी परगत सिंहले ३८, श्रेयस मोभ्भाले ४०, निकोलस किर्तन र उदय भागवानले २०(२० तथा दिलप्रित बाजवाले १९ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर कुशल मल्ल र कप्तान रोहित पौडेलले २(२ विकेट लिएका थिए भने सोमपाल कामी, आकाश चन्द, सुर्य तामाङ र पवन सराफले एक एक विकेट लिएका थिए ।

टिप्पणी लेख्नुहोस्