एकदिवसीय सिरिज : क्यानडाविरुद्ध देव खनालले बनाए अर्धसतक
काठमाडौंँ । नेपाल र क्यानडाबीच जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा यू-१९ टोलीका कप्तान देब खनालले अर्धसतक प्रहार गरेका छन् । टियु अन्तराष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा जारी खेलमा नेपालका लागि चौथो नम्बरमा आएका खनालले अर्धसतक बनाएका हुन ।
सन् २०२२ को मार्चमा पिएनजीविरुद्ध अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा डेब्यु गरेका देवको यो तेस्रो अर्धसतक हो । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा पनि खनालले अफगानिस्तानविरुद्ध अर्धसतक प्रहार गर्दै ५८ रनको पारी खेलेका थिए ।

टिप्पणी लेख्नुहोस्