लेख विवरण

मकवानपुर गोल्डकपको उपाधि एपीएफलाई, महर्जन भए सर्वोत्कृष्ट खेलाडी

मकवानपुर गोल्डकपको उपाधि एपीएफलाई, महर्जन भए सर्वोत्कृष्ट खेलाडी

मकवानपुर । मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा एपीएफले एनआरटीलाई हराउँदै उपाधि जितेको छ। हेटौंडा स्थित गौरीटार रंगशालामा भएको फाइनल खेलमा निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो।

अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुग्यो। पेनाल्टी सुटआउटमा ३-३ को बराबरी भएपछि खेल सडनडेथ शूटआउटमा पुग्यो। सडनडेथको दोस्रो शूटमा एपीएफका फोफानाले निर्णायक गोल गर्दै एपीएफलाई उपाधि दिलाए।

प्रतियोगिताका एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठ, डिफेन्डर कुलदीप कार्की र प्रशिक्षक सुमन श्रेष्ठ तथा एनआारटी मिडफिल्डर जय गुरुङ, फरवार्ड जोन ग्लोरी उत्कृष्ट फरवार्ड घोषित भए । उत्कृष्ट सवैले नगद २५/२५ हजार रुपैयाँ प्राप्त गरे ।

एपीएफका फरवार्ड अनिष महर्जनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषितहुँदै उनले बुलेट मोटरसाइकल प्राप्त गरेका छन् । करिब ५ लाख रुपैयाँ बराबरको मोटरसाइकल प्राप्त गरेसँगै उनी खुशीले गदगद भएका थिए । केही महिना अगाडिदेखि मात्रै एपीएफमा अनुबन्धित भएका उनले प्रतियोगितामा दुई गोल गरेका थिए । उनी हेटौंडाकै हुन् । पर्शुराम गौतम स्मृति प्रतिष्ठानले सर्वोत्कृष्ट खेलाडीका लागि प्रायोजन गरेको थियो । आयोजकले वर्षेनी सर्वोत्कृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गर्दै आइरहेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.