लेख विवरण

एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सागरको कीर्तिमान सुधार

एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सागरको कीर्तिमान सुधार

काठमाडौंँ । नेपाली भारोत्तोलक सागर भण्डारीले एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा शनिबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

उज्वेकिस्तानको तास्केन्टमा जारी प्रतियोगिताको पुरुष १०९ केजीमाथि सागरले क्लिन एन्ड जर्कमा १७१ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । उनकै नाममा १७० केजीको कीर्तिमान थियो । सो कीर्तिमान उनले १९ औं एसियाली खेलकुदमा बनाएका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.