लेख विवरण

वर्ल्ड ¥याङकिङ टेनिसमा सुहा लिलाई स्वर्ण

वर्ल्ड ¥याङकिङ टेनिसमा सुहा लिलाई स्वर्ण

काठमाडौंँ । दक्षिण कोरियाकी सुहा लि जे ६० काठमाडौं जुनियर वर्ल्ड ¥याङकिङ टेनिस प्रतियोगिताको सर्किट– २ अन्तर्गत गर्ल्स सिंगल्समा शनिबार पहिलो भएकी छन् ।

सुहा लिले फाइनलमा जि ये झाङलाई ६–२ र ७–६ ले पराजित गरिन् । ब्वाइज सिंगल्समा चीनका यु झिअले चीनकै झियुयान येलाई ६–१, ७–५ र ६–४ ले हराउदै पहिलो भए ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज डबल्समा चीनका झियन्फेङ र जुन जि हेको जोडीले नेपालका सक्षमविक्रम शाह र नेपाली मुलका अमेरिकी आरभसम्राट हाडाको जोडीलाई ६–३ र ६–२ को सेटमा पाखा लगाउदै पहिलो भए ।

विजेतालाई आयोजक नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आयोजक संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.