हालाण्डको दुई गोलमा म्यानचेस्टर सिटी विजयी, शिर्ष स्थानमा उक्लियो
काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ ।
शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले २ गोल गरे । हालाण्डले कहल्को ७१औं र ८५औं मिनेटमा गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटी लिगको शिर्ष स्थानमा उक्लिएको छ । सिटीको २३ खेलमा ५२ अंक भएको छ र दोस्रो स्थानमा रहेको लिभरपुलको २३ खेलमा ५१ अंक रहेको छ ।
त्यसैगरी एभर्टनको भने ११ हार हो । एभर्टनको २४ खेलमा १९ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।

टिप्पणी लेख्नुहोस्