लेख विवरण

हक्की संघ र नेपाल नेसनलबीच सम्झौता

हक्की संघ र नेपाल नेसनलबीच सम्झौता

काठमाडौंँ । नेपाल हक्की संघ र नेपाल नेशनल हस्पिटलबीच खेलाडीहरुको उपचार सेवा सम्बन्धि सोमबार सम्झौता भएको छ ।

नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा.प्रकाश पौडेलले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार अस्पतालले नेपाल हक्की संघमा आवद्ध खेलाडी र खेलाडीका परिवारलाई उपचार सेवामा छुट दिने छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेडिकल निर्देशक डा.पौडेलले खेलाडीहरुको उपचारका सम्बन्धमा अस्पताल सदैव साथमा रहने बताउँदै ढुक्क भएर खेलमा केन्दीत हुन आग्रह गरे ।

‘अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा अभिबृद्धि गर्ने खेलाडीलाई दिने उपचार सेवामा जोडिन पाउनु हाम्रो लागि खुशीको कुरा हो । खेलाडीहरुलाई सहयोग पुगोस् भन्ने हाम्रो प्रयास हो,’ निर्देशक डा. पौडेलले भने– ‘म खेलाडीहरुलाई ढुक्क भएर खेलमा केन्द्रित हुन आग्रह गर्दछु ।’

नेपाल हक्की संघकी महासचिव श्रेष्ठले सम्झौताका लागि अस्पताललाई धन्यवाद दिदै भनिन्– ‘खेल र ट्रेनिङका दौरान खेलाडी घाइते हुन्छन् । आर्थिक समस्याका कारण चिन्ता लिएर खेल्नुपर्ने अवस्था छ । अस्पताल उपचारका लागि अगाडि बढेकाले चिन्ता हटेको छ हामी ढुक्क भएका छौ।’ श्रेष्ठले अस्पताल र संघको सहकार्यले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गरिन् । उक्त कार्यक्रममा संघका सचिब अशिम शर्मा लगायत अन्य सदस्य तथा प्रदेश जिल्लाका पदाधिकारी सदस्यहरूको उपस्थिति रहेको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.