लेख विवरण

किक बक्सिङमा नेपाललाई स्वर्णसहित ४ पदक

किक बक्सिङमा नेपाललाई स्वर्णसहित ४ पदक

काठमाडौंँ । भारतको दिल्लीमा सम्पन्न तेस्रो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ कांस्य गरी ४ पदक जितेको छ ।

फेब्रुअरी ६ देखि ११ तारिखसम्म भएको प्रतियोगिताको पुरुष ६० केजीमा पुकार श्रेष्ठले स्वर्ण तथा जुनियर ५७ केजीमा सुमितशरण तामाङ, सिनियर ५७ केजीमा रोशन अछामी र ८६ केजीमा साजन थिङ तामाङले कांस्य पदक जिते ।

प्रशिक्षकमा दिवान्स श्रेष्ठ, व्यवस्थापकमा सिमोन उप्रेती र निर्णायकमा विन्दा नेपाली रहेका छन् । टोली मंगलबार स्वदेश फर्किदै छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.