क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाई
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । नेपालले क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला ‘क्लिनस्विप’ गरेपछि उनले टोलीलाई बधाई दिएका हुन् ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत तेस्रो खेलमासमेत उत्कृष्ट जित हात पार्दै क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट शृङ्खलामा क्लिनस्विप गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको क्यानडाविरुद्धको शृङ्खलाको अन्तिम खेलमा नेपाल नौ विकेटले विजयी भएको छ ।
नेपाल क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा पनि विजय भएको छ। यो विजयसॅगै खेलको पूर्णता अगावै नेपालले सिरिजको उपाधि जितेको छ। यो महत्त्वपूर्ण सफलताका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ! pic.twitter.com/jSbu8kemjp
— ☭ Comrade Prachanda (@cmprachanda) February 10, 2024

टिप्पणी लेख्नुहोस्