लेख विवरण

विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगितामा पुस्करलाई स्वर्ण

विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगितामा पुस्करलाई स्वर्ण

काठमाडौंँ । स्टेपिङ स्टोनका पुस्कर परियारले प्रथम विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगिताको ११ वर्षमुनि पुरुष एकल पुम्सेमा मंगलबार स्वर्ण जितेका छन् । सोही स्कुलका इशान धामीले रजत तथा श्री भीमसेनका इरिश सुनार र श्री बालकुमारीका सुजल गुरुङले कांस्य हात पारे ।

नेपाल तेक्वान्दो संघको आयोजनामा सातदोबाटोस्थित तेक्वान्दो हलमा भइरहेको प्रतियोगिताको ११ वर्षमुनि पेयर पुम्सेमा सुप्रिम शिव बाबाका तिराश घ्याबा, १५–१७ वर्षको पुरुष एकल पुम्सेमा सुप्रिमका समिर तामाङ, ११ वर्षमुनि पुरुष टिम पुम्सेमा जेसिसका साहिल सिंह, प्रनिश कार्की र प्रयुश लोहनी, १२–१४ वर्षको पुरुष टिम पुम्सेमा जेसिसका आवश्यक विष्ट, रिजन मोक्तान र ग्रिस बुढाथोकी, १२–१४ वर्षको पुरुष एकल पुम्सेमा जेसिसका रिजन मोक्तान तथा १२–१४ वर्षको पेयर पुम्सेमा जेसिसका रिजन मोक्तान र निदिमा श्रेष्ठले पहिलो स्थान हात पारे ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.