लेख विवरण

किङडम र एन्जल्स हार्ट फाइनलमा

किङडम र एन्जल्स हार्ट फाइनलमा

काठमाडौंँ । किङडम हिमालयन र एन्जल्स हार्ट प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो प्रतिस्पर्धात्मक सेमिफाइनलमा किङडमले ग्रिनफिल्डलाई ४७–४४ ले पराजित ग¥यो । किङडमका जिग्मे लामाले १४ अंक योगदान गरे ।

सामाखुशीस्थित आयोजक सेबको कोर्टमा भएको अर्को सेमिफाइनलमा एन्जल्स हार्टले स्किब्सलाई ३८–२१ ले हरायो । एन्जल्स हार्टका रुपेश पौडेलले १४ स्कोर गरे । प्रतियोगिताको फाइनल बुधबार हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.