एकदिवसीय क्रिकेटमा अफगानिस्तानका खेलाडी बने नम्बर एक अलराउण्डर
काठमाडौंँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरियतामा अफगानिस्तानका मोहम्मद नाबीले ठूलो फड्को मारेका छन् । नाबी आइसिसीको एकदिवसीय वरियतामा नम्बर एक अलराउण्डर बनेका छन् ।
एकदिवसीय वरियतामा बंगलादेशका साकिब अल हसन दोस्रो स्थानमा उक्लिएका छन् । नबी ३१४ रेटिङका साथ पहिलो स्थानमा छ भने साकिब ३१० रेटिङका साथ दोस्रो स्थानमा छन् ।
अलराउण्डर टेस्ट वरियतामा भारतका रविन्द्र जडेजा पहिलो नम्बरमा छन् । त्यसपछि भारतका रविचन्द्रन अश्विन दोस्रो स्थानमा छन् । जडेजाको ४१६ र अश्विनको ३२६ रेटिङ छ । यहाँ शाकिब अल हसन तेस्रो स्थानमा छन् भने इङ्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्स चौथो स्थानमा छन् ।
यसपछि टी–२० मा अलराउन्डरको वरियता हेर्ने हो भने शाकिब अल हसन यहाँ पहिलो नम्बरमा देखिन्छन् । शाकिब २५६ रेटिङका साथ पहिलो नम्बरमा छन् । अष्ट्रेलियाका मार्कस स्टोइनिस दोस्रो स्थानमा छन् । स्टोइनिस २१७ रेटिङका साथ दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाका एडेन मार्कराम टी–२० मा तेस्रो स्थानमा छन् । एकदिवसीय क्रिकेटमा नम्बर एक अलराउण्डर बनेका मोहम्मद नबी टी–२० मा चौथो नम्बरमा छन् ।

टिप्पणी लेख्नुहोस्