लेख विवरण

पहिलो लेगमा म्यानचेस्टर सिटीले बनायो दुई गोलको अग्रता, रियल मड्रिड पनि विजयी

पहिलो लेगमा म्यानचेस्टर सिटीले बनायो दुई गोलको अग्रता, रियल मड्रिड पनि विजयी

काठमाडौंँ । ब्राहिम डाजको गोलमा रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनल पहिलो लेगमा आरबी लाइपजिगमाथी १–० को जित निकालेको छ । रियल मड्रिडका लागि खेलमा घाइते जुड बेलिङ्घमको स्थानमा डाज प्रारम्भिक ११ मा थिए। उनले खेलको ४८ औं मिनेटमा एक मात्र गोल गरे । बोरुसिया डर्टमुन्डबाट रियल मड्रिडमा प्रवेश गरेका बेलिङ्घम यो सिजन टोलीका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । स्पेनिस लिगको अन्तिम खेलमा घुँडामा चोट लागेका कारण उनले यो खेलमा खेलेका थिएनन् । इङ्ल्यान्डका यी अन्तर्राष्ट्रिय खेलाडीले जारी सिजनको २९ खेलमा २० गोल गरेका छन् । प्रि–क्वाटरफाइनलको दोस्रो लेग मार्च ६ मा म्याड्रिडको सान्टियागो बर्नबेउ रंगशालामा हुनेछ ।

प्रि–क्वाटरफाइनलको पहिलो लेगमा केभिन डी ब्रुयनाले एक गोल गर्नुका साथै दुई गोलमा असिस्ट गरेपछि म्यानचेस्टर सिटीले एफसी कोपनहेगनलाई ३–१ ले हरायो । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा लगातार नौ खेल जितेको छ, जुन इङ्ल्यान्डको कुनै पनि टिमले लगातार सर्वाधिक जित हासिल गरेको रेकर्ड हो । टोलीले पछिल्लो दुई महिनामा सबै प्रतियोगितामा लगातार १० खेल जितेको छ ।

खेलको १० औं मिनेटमा डि ब्रुयनाले गोल गर्दै सिटीलाई अग्रता दिलाए पनि म्याग्नस म्याटसनले गोलकिपर एडरसन मोरेसको गल्तीको फाइदा उठाउँदै १–१ को अग्रता दिलाए । खेलको ४५ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए भने दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए । दोस्रो लेग तीन सातापछि म्यानचेस्टरमा हुनेछ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.