लेख विवरण

पाँचपोखरी टी-२० जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता फागुन १२ देखी

पाँचपोखरी टी-२० जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता फागुन १२ देखी

काठमाडौंँ । पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समिति सिन्धुपाल्चोकको आयोजनामा पाँचपोखरी टी-२० जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता फागुन १२ देखी १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा जिल्लाका ८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

टोलीमा सिन्धुपाल्चोक जिल्लाका स्थानिय खेलाडी र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका उमेर समुह तथा सिनियर टोलीबाट खेलिसकेका १ जना खेलाडीलाई सहभागि गराइने भएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिले यसअघि पनि जिल्लामै विभिन्न क्रिकेट प्रतियोगिताहरु आयोजना गरिसकेको छ । जिल्लाका खेलाडीहरुले अन्तराष्ट्रिय स्तरको खेलमैदानको अनुभव लिन सकुन भन्ने उदेश्यले यो प्रतियोगिता काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आयोजना गर्न लागिएको आयोजक जनाएको छ ।

प्रतियोगितामा विजेता र उपविजेता हुने टोलीले क्रमशः नगद १ लाख र ५० हजार तथा प्रमाण-पत्रसँगै मेडल, ट्रफी प्राप्त गर्नेछन । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, ब्याटसम्यान, बलर र अलराउन्डरले ट्रफी तथा प्रमाण-पत्र प्राप्त गर्ने भएका छन् ।

साथै ग्रेट हिमालयन क्रिकेट एकेडमीले प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ बर्ष तथा उत्कृष्ट बलर र ब्याटसम्यानलाई ६ महिना निशुल्क प्रशिक्षण प्रदान गर्ने आयोजकले जनाएको छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.