लेख विवरण

आइपिएलको १७ औं संस्करण भारतमै हुने

आइपिएलको १७ औं संस्करण भारतमै हुने

काठमाडौंँ । इन्डियन प्रिमियर लिगको १७ औं सिजन भारतमा नै आयोजना हुने भएको छ । यसको पुष्टि आईपीएल अध्यक्षले गरेका छन् । यसअघि लोकसभा चुनावका कारण आईपीएलको १७ औं सिजन युएई वा दक्षिण अफ्रिकामा सारिने अनुमान गरिएको थियो । तर अब यी अनुमानको अन्त्य भएको छ। इन्डियन प्रिमियर लिगको १७ औं सिजनको फाइनल खेल २६ मेमा हुने भएको छ । तर, अन्तिम मिति भने तय भइसकेको छैन । टी-२० विश्वकप सुरु हुनुअघि बीसीसीआईले भारतका खेलाडीहरूलाई ८ देखि १० दिनको समय दिन चाहन्छ।

समाचार एजेन्सी आईएएनएससँग कुरा गर्दै आईपीएलका अध्यक्ष अरुण धुमालले १७ औं सिजन भारतमा आयोजना हुने दाबी गरे । अरुण धुमालले भने, ‘आईपीएलको १७ औं सिजन भारतमा मात्रै खेलाइनेछ । बीसीसीआईले आईपीएलको १७ औं सिजनको मिति चाँडै घोषणा गर्ने भएको छ । हामी लोकसभा चुनावको मिति पर्खिरहेका छौं। लोकसभा चुनावको घोषणा हुने बित्तिकै, हामी आईपीएलको १७ औं सिजनको तालिका जारी गर्नेछौं।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार आईपीएलको १७ औं सिजनको फाइनल खेल २६ मे सम्म खेल्न सकिनेछ । टी–२० विश्वकप जुन ५ बाट सुरु हुने भएकाले बीसीसीआईले खेलाडीहरुलाई तयारीका लागि ८ देखि १० दिनको समय दिन सक्नेछ । यद्यपी यस विषयमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन ।

यसअघि लोकसभा चुनावका कारण आईपीएलको १७ औं सिजन भारतको सट्टा विदेशमा सर्ने अनुमान गरिएको थियो । आईपीएलको दोस्रो सिजन सन् २००९ को लोकसभा चुनावमा दक्षिण अफ्रिकामा आयोजना गरिएको थियो। २०१४ मा पनि लोकसभा चुनावका कारण आईपीएलको पहिलो हाफ युएईमा सारिएको थियो। तर यस पटक बीसीसीआईले लोकसभा चुनावको बेला भारतमा आईपीएलको १७ औं सिजन आयोजना गर्ने छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.