लेख विवरण

युएस ओपन तेक्वान्दोमा एनआरएनए पूर्व अध्यक्ष क्षेत्री निर्णायक

युएस ओपन तेक्वान्दोमा एनआरएनए पूर्व अध्यक्ष क्षेत्री निर्णायक

काठमाडौंँ । विश्व वरीयता जी–२ २०२४ युएस ओपन तेक्वान्दो प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक राजु क्षेत्रीले निर्णायकको भूमीका निर्वाह गर्ने भएका छन् ।

अमेरिकाको रेनोको सिल्भर लिगेसी रिसोर्टमा फेब्रुअरी १६ देखि १८ सम्म हुने प्रतियोगिता विश्व तेक्वान्दोको आयोजना तथा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटिको संयोजनमा हुँदैछ ।

प्रतियोगितामा ओलम्पियन तथा विश्व च्याम्पियन खेलाडी समेत गरी २ हजार १ सय ४० खेलाडीको सहभागिता रहने बताइएको छ ।
यसअघि क्षेत्रीले दक्षिण कोरियामा भएको विश्व वरीयता (जी–१) किम योङ कप, अमेरिकाको लस भेगासमा भएको २०२३ युएस ओपन विश्व वरीयता जी–२ र दक्षिण कोरियामा भएको २०२३ सियोङनाम ओपनमा पनि निर्णायकको भूमीका निर्वाह गरेका थिए ।

एनआरएनए दक्षिण कोरियाका पूर्व अध्यक्ष समेत रहेका क्षेत्री कोरिया ओपन विश्व वरीयता जी–२ अन्तर्राष्ट्रिय प्रतियोगिता २००८ का स्वर्ण पदक विजेता हुन् ।

क्षेत्रीलाई खेलकुद क्षेत्रमा विशेष योगदान पु¥याएवापत कोरियाली सरकारले सन् २०१३ मा मानार्थ नागरिकताले सम्मान गरेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.