लेख विवरण

आईएफके कराँते सेमिनार सम्पन्न

आईएफके कराँते सेमिनार सम्पन्न

काठमाडौंँ । इन्टरनेश्नल आईएफके कराँते सेमिनार बिहीबार सम्पन्न भएको छ । तीन दिनसम्म काठमाडौंमा सञ्चालन भएको सेमिनारमा देशभरबाट ५० बढी खेलाडी सहभागी भएका थिए ।

आईएफकेका अध्यक्ष सिहान डेभिड पिकथाल नेपाल आएर प्रशिक्षण दिएका हुन् । फागुन १ गतेदेखि सुरु सेमिनारमा आईएफके नेपालका प्रमुख गणेश कक्षपती सहितका खेलाडी सहभागी थिए । सेमिनारमा फाइटिङ टेक्निक, बेसिक, बेल्ट प्रमोसन टेष्ट सहितका विधामा खेलाडीलाई प्रशिक्षण दिईएको थियो ।

सेमिनारमा आईएफके नेपालका प्रमुख कक्षपतीले फोर डान प्राप्त गरेका थिए । उनीसँगै ७ खेलाडीले बेल्ट प्रमोसनको परिक्षा दिएका थिए । सो क्रममा अनिल श्रेष्ठले थ्री डान, सरोज प्रजापति, केन्द्रकुमार श्रेष्ठ र विजय नगरकोटीले सेकेन्ड डान तथा निरोज नगरकोटी, सुमित्रा नगरकोटी, दिल बहादुर थोकर फस्ट डानमा उत्तिर्ण गरेका थिए ।

आईएफकेले यस वर्षको अक्टोबरमा बेलायतमा वर्ल्ड काता च्याम्पियनसिपको आयोजना समेत गर्दैछ । आईएफके नेपालको सदस्यता लिएका खेलाडीले छनोटका आधारमा वर्ल्ड काता च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने नेपाल प्रमुख कक्षपतीले जानकारी दिएका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.