लेख विवरण

इङल्याण्डविरुद्ध भारतको उत्कृष्ट शुरुवात, रोहित र रविन्द्रको शतक

इङल्याण्डविरुद्ध भारतको उत्कृष्ट शुरुवात, रोहित र रविन्द्रको शतक

काठमाडौं । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजको तेस्रो खेलमा उत्कृष्ट शुरुवात गरेको छ।

टेस्टको पहिलो दिन टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५ विकेट गुमाउदै ३२६ रन बनाएको छ।

भारतका लागी कप्तान रोहित शर्मा १३१ रनको शतकीय पारी खेलेर आउट भएका छन्। रोहितको टेस्ट क्रिकेटमा यो ११औं शतक हो।

त्यस्तै रविन्द्र जडेजाले पनि शतक प्रहार गर्दै ११० रन बनाएर खेलिरहेका छन् । त्यस्तै आफ्नो डेभ्यु टेस्ट खेलेका सरफराज खानले ६२ रन बनाएर आउट भए भने यशस्वी जैसवालले १०, शुभमन गिल शुन्य, रजत पाटिदारले ५ रन बनाए ।

त्यसैगरी इङल्याण्डका बलर मार्क वूडले ३ विकेट लिए भने टम हार्टलीले एक विकेट लिए ।      

टिप्पणी लेख्नुहोस्

Please Login to comment.