लेख विवरण

थाइल्याण्डलाई हराउदै युएई एसीसी महिला प्रिमियर कपको फाइनलमा

थाइल्याण्डलाई हराउदै युएई एसीसी महिला प्रिमियर कपको फाइनलमा

काठमाडौँ । युएई एसीसी महिला प्रिमियर कपको फाइनलमा पुगेको छ ।

शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा युएईले थाइल्याण्डलाई ४ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

युएईले दिएको ७१ रनको लक्ष्य पछाएको थाइल्याण्डले १९.२ ओभरमा अलआउट हुदै ६६ रन मात्र बनाएपछि खेल ४ रनले हारेको थियो ।

यसअघि युएईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर ७० रन मात्र बनाएको थियो ।

यो जितपछि युएई प्रतियोगिताको फाइनलमा पुगेको छ भने महिला एशिया कपका लागि छनौट समेत भएको छ । अब युएईले फाइनलमा मलेसियासँग खेल्ने छ ।
  
  

टिप्पणी लेख्नुहोस्

Please Login to comment.