किङडम हिमालयन बास्केटबल : हिमरश्मी र सेब विजयी
काठमाडौंँ । हिमरश्मी र सेबले प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोयिगताको जुनियर ब्वाइजमा शुक्रबार जित हात पारेका छन् ।
टोखाको प्रयासनगरस्थित आयोजक किङडम हिमालयनको कोर्टमा हिमरश्मिले जिनियस वल्र्डलाई २०–८ तथा सेबले भद्रकालीलाई २३–७ ले पराजित गरे । सोही स्पर्धामा ओडिसीले न्यु जेनिथलाई १२–५ ले हरायो ।
सिनियर ब्वाइजमा जेनिथले सिग्मालाई ३८–१९, इबीएले सिग्मलाई २९–२३ र विल्सन एकेडेमीले ओडिसीलाई ५३–१० ले पाखा लगाए । सिनियर गर्ल्समा आयोजक किङडमले बीएनएलाई १०–५, विल्सनले पिपुल्स एकेडेमीलाई १४–११ र न्यु जेनिथले फेरिल्यान्डलाई १०–९ ले पन्छाए ।

टिप्पणी लेख्नुहोस्