लेख विवरण

वेस्टर्न रिजन बास्केटबल : केसीसीएस सेमिफाइनलमा

वेस्टर्न रिजन बास्केटबल : केसीसीएस सेमिफाइनलमा

काठमाडौं । काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट (केसीसीएस) वेस्टर्न रिजन अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

वेस्टर्न रिजनल कलेज कमिटीद्वारा आयोजित प्रतियोगितामा केसीसीएसले लक्ष्मी शिक्षा सदनलाई २५–१५ ले पराजित ग¥यो । विजेताका रोनिशले ८ अंक जोडे ।

स्युचाटारस्थित काठमाडौं भ्याली कलेजमा भइरहेको प्रतियोगितामा ग्रिनफिल्ड, काठमाडौं भ्याली र एडमार्क पनि सेमिफाइनलमा पुग्न सफल भए ।

ग्रिनफिल्डले जुबिलयन्टलाई ६४–२८ ले हरायो । ग्रिनफिल्डका सशान्त कार्कीले २० स्कोर गरे । काठमाडौं भ्यालीले काष्ठमण्डपको यात्रा ३०–२६ ले पूर्णविराम लगायो । विजेताका विशाल तामाङले १३ अंक बटुले ।

एडमार्कले राइजिङ स्टारमाथि २९–२८ को कठिन जित दर्ता ग¥यो । एडमार्कका निराजन शाहले १२ अंक जोडे । सेमिफाइनलमा एडमार्कको भेट केसीसीएससंग हुनेछ भने काठमाडौं भ्यालीले ग्रिनफिल्डको सामना गर्ने छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.