लेख विवरण

अर्किड कप फुटबल : ब्रम्हकुञ्जको सफल सुरुआत

अर्किड कप फुटबल : ब्रम्हकुञ्जको सफल सुरुआत

काठमाडौंँ । ब्रम्हकुञ्जले आठौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।

काँडाघारीस्थित आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलको मैदानमा ब्रम्हकुञ्जले लाइसियम प्याराडाइसलाई २–० गोलले पराजित ग¥यो । सञ्जय साही विद्या मन्दिरले एकलब्य शिक्षा सदनलाई ६–२ को फराकिलो गोलअन्तरले हरायो । भीमेश्वर एकेडेमी र गणेश हिमालबीचको खेल १–१ गोलको बराबरीमा टुंगियो ।

प्रतियोगिताको कोशी प्रदेशका पूर्व सभामुख बाबुराम गौतमले एक कार्यक्रमबीच उद्घाटन गरे । अर्किडका निर्देशक प्रेमकुमार भुजेलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा एनप्याब्सन काठमाडौं जिल्ला समितिका अध्यक्ष अमृत खड्का, बागमती प्याब्सनका वरिष्ठ उपाध्यक्ष मुरारीप्रकाश सन्जेल, प्रहरी निरीक्षक स्यामकुमार कटुवाल, वडा अध्यक्ष अनिल थापालगायतको उपस्थिति रहेको थियो ।

नकआउट प्रतियोगितामा ३८ टिम सहभागी छन् । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउने छन् । फाइनल फागुन १२ गते हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.