लेख विवरण

प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलः नेपाल एपीएफ र पुलिस स्कुल फाइनलमा

प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलः नेपाल एपीएफ र पुलिस स्कुल फाइनलमा

काठमाडौं । आयोजक नेपाल एपीएफ स्कुल र नेपाल पुलिस स्कुल कीर्तिपुरमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

शनिबार सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर 'क' टिमले मनकामना सेकेण्डरी स्कुल जोरपाटीलाई ४-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। 

नेपाल एपीएफ स्कुलको तर्फबाट विकास बोहोराले २ तथा तेन्जिङ्ग शेर्पा र रोहित गोलेले समान १-१ गोल गरे। विकास बोहोरा म्यान अफ दि म्याच चुनिए। 

शनिबार नै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस स्कुल, साँगाले सैनिक आवासीय महाविद्यालय, सल्लाघारीलाई ट्राइबेकरमा ३-२ गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गर्यो । खेलमा दिप्सन परियार उत्कृष्ठ खेलाडी चुनिए।

प्रतियोगिताको फाइनल खेल सोमबार मध्यान्ह १२ बजे हुने तालिका रहेको छ। 

प्रतियोगिताको उपाधि विजेताले ५० हजार नगद पुरस्कार पाउनेछ। प्रतियोगितामा काठमाडाैं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन भएको थियो। 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.