लोयल्टी कप फुटबल प्रतियोगिता भोलिदेखि
काठमाडौं । लोयल्टी एकेडेमीको आयोजनामा १२ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १३ टिमको सहभागिता रहने आयोजक लोयल्टीका इसीए इन्चार्ज ग्लाल्जेन शेर्पाले जनाएका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
यसपटकदेखि पहिलोपटक यु–१३ उमेरसमूहमा प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्