लेख विवरण

अन्तर–स्कुल क्रिकेट प्रतियोगिता : सरस्वती र सत्यनारायण स्कुल विजयी

अन्तर–स्कुल क्रिकेट प्रतियोगिता : सरस्वती र सत्यनारायण स्कुल विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको संयुक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती र सत्यनारायण मावी विजयी भएका छन् ।

आइतबार भएको पहिलो खेलमा सरस्वती माविले मदरल्याण्ड एकाडेमीलाई ४८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १७ ओभर ८ विकेट गुमाएर ८३ रन बनाएको थियो । टोलीका लागि अविशेक यादवले सर्वाधिक २५ रन बनाएका थिए । मदरल्याण्डका विरजल राजवंशीले ४ विकेट लिँदा खेमराज हमालले ३ विकेट लिएका थिए ।

८४ रनको लक्ष्य पछ्याएको मदरल्याण्ड १२ दशमलव ३ बलमा सवै विकेट गुमाउदै ३५ रनमा सिमित भएको थियो । मदरल्याण्डका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । सरस्वतीका म्यान अफ द म्याच अविशेक यादवले ४ विकेट लिए ।

दोस्रो खेलमा सत्यनारायण स्कुलले महेन्द्र स्कुललाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनाराणले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५ रनको योगफल तयार पारेको थियो । टोलीका लागि सलमान कामतले सर्वाधिक ४९ रनको योगदान दिए । महेन्द्रका शिभम झाले ४ विकेट लिए ।

१ सय ५६ रनको विजयी लक्ष्य पाएको महेन्द्र १७ ओभरमा सवै विकेट गुमाउदै ७३ रनमा सिमित भयो । टोलीका शिभम झाले सर्वाधिक २९ रन बनाए । सत्यनारायणका म्यान अफ म्याच सलमान कामतले ४ विकेट लिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.