लेख विवरण

नेत्रहीन क्रिकेट प्रतियोगिता : पदम वहादुर बडैलाको सतकमा कंचनपुरले बर्दियालाई पराजित गर्यो

नेत्रहीन क्रिकेट प्रतियोगिता : पदम वहादुर बडैलाको सतकमा कंचनपुरले बर्दियालाई पराजित गर्यो

कोहलपुर । नेत्रहीन क्रिकेट संघ नेपालले बाँकेको कोहलपुरमा आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को तेस्रो दिनको दोस्रो खेलमा दृष्टिविहीन क्रिकेट संघ कंचनपुर विजयी भएको छ । कंचनपुरले बर्दिया नेत्रहीन क्रिकेट संघलाई ४२ रनले पराजित गरेको हो ।

कोहलपुर मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको कंचनपुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै बर्दियालाई १९४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको बर्दिया १७.४ ओभरमा १५७ रन बनाउदै अल आउट भएको थियो ।

कंचनपुरका प्लेयर अफ द म्याच पदम वहादुर बडैलाले सतक प्रहार गर्दै १०४ रन बनाएका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.