लेख विवरण

दोश्रो कम्फेस्ट : गर्ल्समा चाँदबागको दुवै टोली विजयी

दोश्रो कम्फेस्ट : गर्ल्समा चाँदबागको दुवै टोली विजयी

काठमाडौंँ । आयोजक द चाँदबाग स्कुलको दुवै टोली दोश्रो कम्फेस्ट अन्तर्गत यु–१२ गर्ल्स बास्केटबलमा आइतबार विजयी भएको छ ।

बाँसवारीस्थित घरेलु कोर्टमा चाँदबाग ‘ए’ ले काष्ठमण्डपलाई १४–७ तथा चाँदबाग ‘बी’ ले बाल दीक्षा सदनलाई ८–६ ले पराजित गर्यो । सोही स्पर्धामा रिब्सले बौद्ध इन्टरनेसनल स्कुललाई १४–४ तथा बौद्ध चिल्ड्रेन हेभनले क्याम्पियनलाई २४–२ ले हराए ।

यु–१२ ब्वाइज बास्केटबलमा बाल दीक्षाले काष्ठमण्डपलाई ६–०, होली भिजनले जेभियर इन्टरनेसनललाई ७–५, ज्ञानोदयले चाँदबागलाई ४–३ र प्यारागनले बौद्ध इन्टरनेसनललाई २०–४ ले पाखा लगाए ।

यु–१२ ब्वाइज फुटबलमा चाँदबागले अनमोल ज्योतिलाई ५–२, जेभियर इन्टरनेसनलले बाल दीक्षालाई ४–०, बोधी सदनले गुहेश्वरीलाई ३–१ र रिब्सले एलआरआईलाई ३–० ले पन्छाए । लिटिल वन्डर्स र थ्री स्टारले १–१ गोलको बराबरी खेले ।

प्रतियोगिताको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । बास्केटबलको ब्वाइज/गर्ल्समा समान १२–१२ तथा ब्वाइज फुटबलमा २२ टिम सहभागी छन् ।

 
दोश्रो कम्फेस्ट : गर्ल्समा चाँदबागको दुवै टोली विजयी

चाँदबाग कम्फेस्टमा बास्केटबलका ‘म्यान अफ द म्याच’ लाई ट्रफी प्रदान गरिदै ।

दोश्रो कम्फेस्ट : गर्ल्समा चाँदबागको दुवै टोली विजयी

चाँदबाग कम्फेस्टमा फुटबलका ‘म्यान अफ द म्याच’ लाई ट्रफी प्रदान गरिदै ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.