लेख विवरण

नेत्रहीन क्रिकेट प्रतियोगितामा कर्णालीले लुम्बिनीलाई पराजित गर्यो

नेत्रहीन क्रिकेट प्रतियोगितामा कर्णालीले लुम्बिनीलाई पराजित गर्यो

कोहलपुर । नेत्रहीन क्रिकेट संघ नेपालले बाँकेको कोहलपुरमा आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को तेस्रो दिनको पहिलो खेलमा कर्णाली प्रदेश दृष्टिविहीन क्रिकेट संघ (सुर्खेत ) विजयी भएको छ । कर्णालीले लुम्बिनी नेत्रहीन क्रिकेट संघ रुपन्देहीलाई २९ रनले पराजित गरेको हो ।

कोहलपुर मैदानमा भएको खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको कर्णार्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १५७ रन बनाएको थियो । जवाफी ब्याटिङ गर्ने क्रममा लुम्बिनी १६ ओभरमा १२८ रन बनाउदै अल आउट भएको थियो ।

कर्णालीका लागि प्लेयर अफ द म्याच यग्य बहादुर थापा ५७ रन बनाएका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.