लेख विवरण

नेत्रहीन क्रिकेट : दोस्रो दिनको खेलमा बर्दिया र लुम्बिनी विजयी

नेत्रहीन क्रिकेट : दोस्रो दिनको खेलमा बर्दिया र लुम्बिनी विजयी

काठमाडौंँ । नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ अन्तर्गत दोस्रो दिनको खेलमा बर्दिया विजयी भएको छ । बर्दियाले टस जितेर फिल्डिङ रोजेपछि बाँकेले २० ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको थियो ।

बर्दियाले १४७ रनको लक्ष्य १७ ओभरमा ५ विकेटको गुमाउदै पुरा गरेर बाँकेमाथी ६ विकेटको जित निकाल्यो । टोलीका लागि खेलको प्लेयर अफ दि म्याच गोपाल राठौरले उत्कृष्ट ब्याटिङ गर्दै ७१ रन बनाए ।

यसअघि दोस्रो दिनको पहिलो खेलमा लुम्बिनी विजयी भएको थियो । चितवन नेत्रहीन क्रिकेट क्लब (चितवन) र लुम्बिनी नेत्रहीन क्रिकेट संघ, रुपन्देही बिच भएको खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङ गरेको चितवनले लुम्बिनीलाई ५९ रनको लक्ष्य दिएको थियो ।

उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै लुम्बिनीले ५.५ ओभरमा लक्ष्य पूरा गर्न सफल भयो । लुम्बिनीको लागि अब्दुल जहित दले २४ र शम्भु पोखरेलले १८ रन बनाएपछि मात्र ५.५ ओभरमा लक्ष्य पूरा गर्न सफल भयो । प्लेयर अफ दि म्याच लुम्बिनीका खेम राज सापकोटा भएका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.