लेख विवरण

महोत्तरीको बर्दिबासमा राष्ट्रिय कराते प्रतियोगिता र राष्ट्रिय रेफ्री सेमिनार हुने

महोत्तरीको बर्दिबासमा राष्ट्रिय कराते प्रतियोगिता र राष्ट्रिय रेफ्री सेमिनार हुने

अशोक पहाडी, रौतहट । महोत्तरी जिल्लाको बर्दिबासमा प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल कराते महासङ्घको आयोजनामा हुन लागेको प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगितासँगै राष्ट्रिय रेफ्रिज सेमिनार र ग्रेडिङ समेत हुने आयोजकले जानकारी दिएको छ।

यही आउँदो फागुन १४ गतेदेखि १७ गतेसम्म राष्ट्रिय रेफ्री सेमिनार हुने आयोजक नेपाल कराते महासंघ मधेश प्रदेशका रेफ्री संयोजक चित्र बहादुर पुलामीलेले जानकारी दिएकाछन्।

फागुन १८ गतेदेखि २० गतेसम्म प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता को लागि तयारी तीव्ररूपमा भइरहेको नेपाल कराते महासंघ मधेस प्रदेशका सचिव कसम लामाले जानकारी दिए। मिथिला राष्ट्रिय कराते प्रतियोगितामा सातै प्रदेश, तीनवटा विभागीय टिम र एक आयोजक टिम गरी ११ वटा टिमको सहभागिता रहनेछ।

प्रतियोगितामा महिलातर्फ ४५ केजीदेखि ६८ केजी प्लससम्मको खेल हुनेछ। पुरुषतर्फ ५० केजीदेखि ८४ क्लक केजी प्लस खेल हुनेछ। प्रतियोगितामा महिला र पुरुषको एकल काताका साथै टिम काँतासमेत हुने आयोजकले जानकारी दिएको छ। 

नेपाल कराते महासङ्घ मुख्य आयोजक रहेको सो प्रतियोगिताको सहआयोजक नेपाल कराते महासघ मधेस प्रदेश रहेको नेपाल कराते महासन मधेश प्रदेशका अध्यक्ष रामचन्द्र ठाकुरले बताए।

मधेस प्रदेशमा एकैपटक राष्ट्रिय रेफ्री सेमिनार राष्ट्रिय कराते प्रतियोगिता र मधेस प्रदेश स्तरीय छुटपुट ग्रेडिङको आयोजना हुने भएपछि मधेस प्रदेशका खेलाडीहरूमा उत्साह छाएको आयोजकले जनाएको छ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.