लेख विवरण

नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को उपाधि कन्चनपुरलाई

नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को उपाधि कन्चनपुरलाई

कोहलपुर । नेत्रहीन क्रिकेट संघ नेपालले बाँकेको कोहलपुरमा आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४, को फाइनल खेल दृष्टिविहीन क्रिकेट संघ कंचनपुर र बर्दिया नेत्रहीन क्रिकेट संघ विच भएको थियो ।

खेलमा बर्दियाले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको कन्चनपुरले बर्दियालाई ३ विकेटको क्षतिमा २१८ रनको लक्ष्य दिएको थियो । बर्दियाले जवाफी व्याटिङ्ग गर्दै ४ विकेटको क्षतिमा निधारित २० ओभर खेल्दै १३७ रन बनाएको थियो । ८० रनले बर्दियालाई पछाडी पार्दै कन्चनपुर नेत्रहीन क्रिकेट प्रतियोगिता, २०२४ को विजेता भएको छ । १०६ रन बनाउदै कन्चनपुरका दुर्गा दत्त पौडेल प्लेयर अफ दि म्याच भएका छन् ।

नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को प्लेयर अफ दि सिरिज ३१२ रन तथा ४ विकेटको साथमा पदम वहादुर बडैला भएका छन् ।

पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि कोहलपुर नगरपालिका कार्यवाहाक प्रमुख लाल बहादुर रानाले विजेता तथा उप विजेता खेलाडीहरुलाई सिल्ड, मेडल तथा नगद पुरस्कार वितरण गर्दै आगामी नगरपालिको बजेट तथा कार्यक्रममा अपाङ्गता खेलकुदलाई बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत गरेका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.